पशुपति क्षेत्रमा निताको आइटम हुर्रे गीत रिलिज (भिडीयो)


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र हुर्रे को दोश्रो गीत सार्बजनिक गरिएको छ इतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रमा समावेश ‘बाचुन्जेल पशुपती, मरेनी पशुपती’ बेलको गीत सार्वजनिक गरिएको हो। फागुन २५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र लाइ यम थापाले निर्देशन गरेका हुन् । पशुपती क्षेत्रमा खिचिएको यस भिडियोमा नायिका निता ढुंगानाले आइटम डान्स गरेकी छिन्। विक्रम स्वारको नृत्य निर्देशनमा तयार उक्त भिडियोमा नितासँगै चलचित्रका अन्य कलाकार राजाराम पौडेल, अंकित खड्का र विजय बराल पनि फिचरिङ छन्। कालीप्रसाद बास्कोटाले संगीत दिएको उक्त गीतमा झुमा लिम्बु र कालीप्रसादको स्वर रहेको छ।

‘हुर्रे’मा केकी अधिकारी, अनुपबिक्रम शाही, संगीता नापित लगायतको मुख्य भुमिका रहेको छ। दावा शेर्पा, सोनम लामा, छिरिङ दोर्जेको लगानी रहेको शिव ढकालको छायाँकन, चन्दन दत्तको सम्पादन रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.