अनु पराजुली ‘क्रिमिनल’बन्दै


सेलिब्रेटी नेपाल काठमाडौँ

सय भन्दा बढी म्युजिक भिडियोमा अभिनय र ३ वटा चलचित्रमा पनि आफ्नो अभिनय क्षमता प्रस्तुत गरि सकेकी मोडल तथा नायिका अनु पराजुली नयाँ चलचित्र ‘क्रिमिनल’मा अनुबन्धित भएकी छिन । सानोपर्दा तथा नेवारी चलचित्रमा चिनिएका निर्देशक अमृतमान महर्जनको निर्देशनमा बन्ने चलचित्र ‘क्रिमिनल’ को केहि दिन अघि राजधानीमा शुभ मुहर्त गरिएको थियो कलाकार किशोर खतिवडा, अनु पराजुली, सानिया खान र मोहन केसीले कार्यक्रममा मुहर्त सर्ट दिएका थिए ।

अर्नभ फिल्मस् प्रोडक्शनको प्रस्तुतीमा अर्नभ बस्नेत, निर्माता सिताराम तिमल्सिना ‘ज्याक’, कार्यकारी निर्माता राजन परियार रहेको चलचीत्रको माघ १२ गते बाट छायांकन सुरु हुनेछ जानकारी गराईएयको छ। पूर्वाञ्चलको विभिन्न स्थानमा छायाँकन गरिने चलचित्रमा किशोर खतिवडा, अनु पराजुली, रामचन्द्र अधिकारी, सानिया खान, मोहन के.सी., सुरेन्द्र चापागाईं, उग्रसेन ढुंगाना, शंकर शाह, सम्राटजंग थापा, क्रान्तिजंग बराईली, शान्ति भट्टराई, दिव्य नेपाल लगायतका कलाकारको मुख्य भूमिका रहने छ । भरत बस्नेतको संगीत, शंकर महर्जनको द्वन्द्व, हरिस खनाल तथा गौरब गिरीको नृत्य र रामेशवर हुमगाईंको छायांकन रहने चलचित्रले समाजमा घट्ने अपराधिक घट्नाक्रमलाई मुख्य विषयवस्तुमा उठाउने भएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.