अनमोलको कृ र अक्षयको प्याडम्यान भिडन्त कसले मार्छ बाजी


सेलिब्रेटी नेपाल काठमाडौँ

भारत र नेपालमा मात्र होइन बलिउड फिल्मका दर्शक बिश्व भर छन् हिन्दि फिल्मको बजार निकै ठुलो छ हिन्दि चलचित्र प्रदर्शन मितिका कारण नेपाली निर्माता हरु लाई पनि तनाब हुने गर्दछ नेपाली चलचित्रको प्रदर्शन मिति हिन्दि फिल्मको कारण पछी हटेका उदाहरण निकै छ प्रदिप खड्का अभिनित चलचित्र पनि हिन्दि फिल्म ‘२.०’ का कारण दुइ हप्ता पर धकेलिएको छ । यसले पनि के भन्छ भने नेपाली स्टार अझै पनि बलिउड चलचित्र संग जुध्ने हिम्मत जुटाउन सकिरहेका छैनन् । तर, युवा स्टार अनमोल केसी भने बलिउड चलचित्र पनि विस्थापित गर्न सक्ने अभिनेतामा पर्छन् । उनले अभिनय गरेका चलचित्र प्रदर्शनमा आउँदा बलिउड चलचित्रले नेपाली हलमा कम शो पाउने गरेका छन् । यसकै उदाहरण माघ २६ मा अनमोल फेरि एकटक बलिउडका सुपरस्टार अक्षय कुमारसँग भिडन्त गर्दैछन् ।

जनवरी २५ मा ‘पद्मावत’ आउने भएपछि अक्षय कुमार अभिनीत चलचित्र ‘प्याडम्यान’को रिलिज डेट पोस्टपोन्ड भएको छ । अक्षयले शुक्रवार एक पत्रकार सम्मेलन गर्दै चलचित्रलाई ९ फेव्रअरीमा रिलिज गर्ने घोषणा गरेका छन् । उनी नेपालमा पनि राम्रो विक्ने अभिनेता हुन् । यसपटक भने अक्षय कुमारलाई नेपालमा हलसम्म दर्शक तान्न मुश्किल देखिन्छ । कारण, यही मितिमा अनमोल केसी स्टारर फिल्म ‘कृ’ पनि रिलिज हुँदैछ । महासंग्राम रोचक हुने त पक्का छ । सुरेन्द्र पौडेल निर्देशित चलचित्र ‘कृ’मा अनमोलसँगै अदिती बुढाथोकी, अनुप विक्रम शाही, सरोज खनाल लगायतका कलाकाहरुको अभिनय छ । सुवास गिरी र भुवन केसीले संयूक्त रुपमा यो चलचित्र निर्माण गरेका हुन्