शिल्पा र पृथ्वीराजको ‘बम्पर उपहार’ (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेल निर्माता रहेको चलचित्र ‘मङ्गलम’को नयाँ गीत सार्वजनिक गरिएको छ । माघेसंक्रान्तिको अवसर पारेर सार्वजनिक गरिएको गीतमा शिल्पा र पृथ्वीराज प्रसाई फिचरिंग छन् ।

प्रमोद खरेलको स्वरमा रहेको ‘बम्पर उपहार…’ बोलको गीतमा दीपक शर्माको संगीत र लेखु सहयात्रीको शब्द रचना रहेको छ । गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् । यसअघि सार्वजनिक गरिएको ‘पर्ख पर्ख मायालु…’ बोलको गीतलाइ दर्शक श्रोताले मन पराइ सकेका छन् । नवल नेपालले निर्देशन गरेको चलचित्रमा पुष्पल खड्का, शिल्पा पोखरेल, पृथ्वीराज प्रसाई लगायतका कलाकारको अभिनय रहेको छ । यसअघि फागुन ४ मा रिलिज हुने भनिएको ‘मङ्गलम’ पोस्टपोन्ड भएर फागुन २५ लाई नयाँ रिलिज मिति छनोट गरेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.