विल्सन उर्फ तक्मे भन्दैछन् ‘साली कस्को भेनाको’


सेलिब्रेटी नेपाल काठमाडौँ

चितवनका पुराना निर्माता प्रसाद श्रेष्ठले चलचित्र ‘साली कस्को भेनाको’ निर्माण गर्ने भएका छन् । भद्र भुजेलले निर्देशन गर्ने चलचित्रमा विल्सनविक्रम राई, सुष्मा कार्की, रवि गिरी मरिष्का पोखरेल, रजनी गुरुङ, प्रिया रिजाल, जयनन्द लामा, कविता आले, पुस्कर गुरुङलगायतका कलाकारहरुको अभिनय रहनेछ ।

माघ २ गते चितवनमा शुभ मुर्हत गरेर छायांकन सुरु गरिने चलचित्रको छायांकन चितवन र धम्पुसमा गरिने छ । कलाकार पुष्प आचार्यको कथा रहेको चलचित्रमा सुरज शाही ठकुरी र मिन घलानको संगीत रहने छ । मानविय समवेदना माथि निर्माण गरिन लागिएको चलचित्रले मगर जातिको संस्कृतिमा साली र भेनाबिचको सम्बन्धलाई देखाउन खोजिएको छ । दिर्घ गुरुङको छायांकन रहने चलचित्रमा बसन्त श्रेष्ठ, गम्भीर बिष्ट र सुमित लामाको नृत्य रहनेछ । चलचित्रमा सुनिलकुमार न्यात्स्यो, बिशाल श्रेष्ठ, उमेश अधिकारी र मुक्ति अधिकारीको पनि लगानी रहनेछ । प्रसाद श्रेष्ठले यस अघि ‘कर्जा’, ‘कान्छी’, ‘सन्तान’ जस्ता चलचित्र निर्माण गरिसकेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.