बटरफ्लाई दर्शकको रोजाइमा पर्यो निर्देशक ओमप्रतिक


सेलिब्रेटी नेपाल काठमाडौँ

गत शुक्रबार बाट प्रदर्शनमा आएको चलचित्र ‘बटरफ्लाई’ लाइ दर्शकको राम्रो साथ मिलि रहेको छ । चलचित्रका निर्देशक ओमप्रतिकका अनुसार चलचित्र हेर्ने हरुले मन परेको प्रतिक्रिया दीइ रहेका छन् । चलचित्रले शुक्रबार र शनिबार राम्रो ब्यवसाय गर्न सफल भएको निर्माण युनिटको दाबी रहेको छ । आफुले सोचेको र अनुमान गरेको भन्दा चलचित्रको बिजनेश राम्रो भएको निर्देशक गुरुङले बताए । ‘प्रदर्शन अगाडि ब्यवसाय के हुने हो भनेर निकै डर थियो’ गुरुङले भने ‘डरै डरमा रिलिज गरिएको चलचित्र दर्शकको रोजाइमा पार्न सफल भयो ।’

ओमप्रतिक गुरुङ निर्देशित यो चलचित्रले सेन्सर बोर्डबाट ‘पिजी’ सर्टिफिकेट पाएको छ । आर्यन अधिकारी र प्रियंका कार्कीको प्रमुख भुमिका रहेको चलचित्र ‘बटरफ्लाई’ एकहोरो प्रेम गर्ने एक युवाको कथामा निर्माण भएको हो । अर्पण थापा, सुष्मा कार्की, रविन्द्र खड्का, पुरज थापा, सुरविर पण्डित, मोहन निरौंला, राम बुढाथोकी, माधव पण्डित लगायतका कलाकारको समेत अभिनय रहेको छ । विकास चौधरी, अर्जुन पोखरेल र दिपक शर्माको संगीत चलचित्रमा छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.