आमिर संगै देखिइन् कटरिना ठग्स अफ हिन्दुस्तानको तस्वीर सार्वजनिक


सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा

फिल्म ठग्स अफ हिन्दुस्तानको शूटिङमा व्यस्त कटरिना कैफले फोटो ट्वीटरमा एक फोटो पोस्ट गरेकी छिन् । फोटोमा उनी चर्चित कोरियोग्राफर प्रभुदेवा तथा सलमान खानसँग नाच्न सिकिरहेकी देखिएको छ । यो फिल्मको एक गीतको सुटिङको क्रमको यो फोटो सार्वजनिक भएको हो । आमिर खानको फिल्म ठग्स अफ हिन्दुस्तानका बारेमा निकै चर्चा भइरहेको छ । तर यो फिल्मको कहानी बारे ठोस जानकारी अहिलेसम्म सार्वजनिक भएको छैन ।

फिल्ममा बलिउडका बीग बी अमिताभ बच्चन तथा मिस्टर पर्फेक्शनिस्टको नाम कमाएका आमिर खान पहिलोपटक सँगै काम गरेका भारतीय सञ्चारमाध्यमहरुमा समाचार छाएको छ । अमिताभसँग अभिनय गर्न पाएकोमा आमिरले प्रशन्नता व्यक्त गरेका छन् । उनले ट्वीटर मार्फत अमिताभसँग काम गर्न पाएकोमा खुसी व्यक्त गरेका छन् । फिल्म यस वर्षको दिपावलीको अवसर पारेर रिलिजको तयारी गरिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.