फ्राइडे रिलिज अन्तर्गत कमेडी मिस्टर झोले र प्रेमकथा बटरफ्लाई पर्दामा


सेलिब्रेटी नेपाल काठमाडौँ

नेपाली चलचित्र शुक्रबार मात्र सार्बजनिक प्रदर्शनमा आउने नियम अनुसार पर्दामा दुई नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । यो साता ‘मिस्टर झोले’ ‘बटरफ्लाई’ सार्बजनिक प्रदर्शनमा आएका छन् । यी दुइ चलचित्र भिन्न जनारका हुन् ‘मिस्टर झोले’ कमेडी जनारको हो भने ‘बटरफ्लाई’ प्रेम कथा हो
रामबाबू गुरुङ निर्देशित ‘मिस्टर झोले’मा दयाहाङ राई, दीया पुन, वर्षा राउत, बुद्दी तामाङ, विजय बराल, प्रविन खतिवडा, अरुणा कार्कीको मुख्य अभिनय रहेको छ ।

आजबाट अलनेपाल प्रदर्शनमा आएको चलचित्र भोलि देखि जापान, हङकङ, अस्ट्रेलिया लगायतका देशहरुमा प्रदर्शन हुदैछ | रामबाबुकै कथा लेखन रहेको चलचित्रमा निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बाँस्कोटा/सुजेन कार्कीको संगीत, शैलेन्द्र डी कार्कीको छायाँकन र विक्रम स्वारको कोरियोग्राफी रहेको छ ।सिनेमा आर्ट्स र टेकेन खड्का फिल्म प्रोडक्सनको व्यानरमा निर्मित चलचित्रको निर्मातामा टेकेन खड्का र कार्यकारी निर्मातामा रौनकविक्रम कँडेल छन् ।

ओमप्रतीक गुरुङ निर्देशित लभस्टोरी चलचित्रमा प्रियंका कार्की र आर्यन अधिकारीले पहिलो पटक स्क्रिन शेयर गरेका छन् । सार्वजनिक ट्रेलर तथा गीतबाट यो जोडीले लोकप्रियता कमाईसकेको छ । ‘के म तिम्रो होइन र’बाट डेब्यु गरेका आर्यनलाई आशावादी अभिनेताको रुपमा हेरिएको छ । पहिलो चलचित्रले खासै राम्रो व्यापार नगरेपनि ‘बटरफ्लाई’बाट उनि निक्कै आशावादी छन् ।

ओमप्रतिक गुरुङकै लेखन रहेको सिनेमामा आर्यन र प्रियंकाका अलावा अर्पण थापा, रबिन्द्र खड्का, सुष्मा कार्की, पुरन थापा, मोहन निरौला, सुरबिर पण्डित, राम बुढाथोकी र माधव पण्डितको अभिनय रहेको छ ।

चलचित्रमा सुरेश बज्राचार्यको छायाँकन, अर्जुन पोखरेल/विकाश चौधरी/दीपक शर्माको संगीत, अर्जुन जिसी/मन्दील श्रेष्ठको सम्पादन र कुमार महर्जनको द्वन्द छ । द फ्रेम क्रियसनको प्रस्तुति ‘बटरफ्लाई – कलर्स अफ लभ’मा पुष्पाञ्जली अधिकारी (सख), रामशरण राना र भुपेन्द्र सुवेदीको लगानी रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.