‘मिस्टर झोले’ ओखति कभर भिडियो बिजेतालाई नगद पुरस्कार प्रदान


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र ‘मिस्टर झोले’ मा समावेश ‘ओखती’ गीतमा गरिएको ‘कभर भिडियो’ प्रतियोगितामा पोखराको क्रिष्टल क्लज नृत्य समूहले पहिलो पुरस्कार हात पारेको छ। समूहलाई चलचित्र निर्माण समूहले सोमबार एक कार्यक्रमका बीच विजयी घोषणा गर्दै नगद एक लाख पच्पन्न हजार रुपैयाँ प्रदान गरेको हो। प्रतियोगितामा कुल २५ भिडियोले प्रतिष्पर्धा गरेका थिए। यसैगरी प्रतियोगितामा काठमाडौंको किसन एण्ड डान्स क्रू दोस्रो र इटहरीको डाइनामिक ग्रुप तेस्रो भएको छ।

उनीहरूले क्रमश: नगद एक लाख पच्चिस हजार तथा एक लाख पाँच हजार रुपैयाँ जिते। कार्यक्रममा फिल्म निर्माण पक्षले विजेताहरूको छनौट ‘कन्सेप्ट’ र ‘पर्फर्मेन्स’को आधारमा गरेको जानकारी दियो। रामबाबु गुरूङ निर्देशित चलचित्र पौष २८ गते रिलिज हुँदैछ। फिल्ममा दयाहाङ राई, दिया पुन, विजय वराल, प्रविण सापकोटा, पुस्कर गुरूङ, वर्षा राउत आदिको मुख्य अभिनय रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.