मनिषा कोइरालाको नरगिस लुक्स आउट


सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा

रणवीर कपुरलाई लिडमा लिएर राजकुमार हिरानीले संजयदत्तको बायोपिक घोषणा गर्दादेखि नै यसलाई सन् २०१८ को प्रतीक्षित फिल्मको रुपमा लिइएको थियो । कास्ट एन्ड क्रिउ यतिबेला विश्वका विभिन्न स्थानमा फिल्मांकन गरिरहेका छन् । केही महिना पहिले केपटाउनमा फिल्मको महत्वपूर्ण दृश्यांश छायांकन भैरहेको जनाइएको थियो ।

फिल्ममा नेपाली अभिनेत्री मनिषा कोइराला रणवीरकी आमाको रुपमा खेल्दैछिन् । अर्थात, मनिषाको भूमिका संजय दत्तकी आमा नरगिसको रुपमा हुनेछ । केही समय मनिषाको लुक्सलाई गोप्य समेत राखियो ।

केप टाउनमा खिचिएको यस तस्विरमा मनिषालाई क्रिउसँग उभिएर सल पहिरिएको रेट्रो लुक्समा देख्न सकिन्छ । फिल्मको शीर्षक अहिलेसम्म नामाकरण गरिएको छैन । जुन २९, २०१८ मा रिलिज लक्ष्य राखिएको छ । यसमा अनुष्का शर्मा, दिया मिर्जा, परेश रावल, विकी कौशल र सोनम कपुर समेत छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.