जब ऐश्वर्याले १० करोड मागिन् !


सेलिब्रेटी नेपाल काठमाडौँ

केही बर्षको विश्रामपछि बलिउडमा फर्किएकी ऐश्वर्या राय कम तर राम्रो फिल्ममा केन्द्रित हुन खोजिरहेकी छिन् । विवाह गरेपछि छोरी जन्माएर घरमै बसेकी ऐश्वर्या बलिउडमा फर्किएसँगै फन्ने खाँ मा सक्रिय भईन् । उनको फिल्म आगामी इदमा रिलिज हँुदैछ, जसको टक्कर सलमानको रेस ३ सँग हुनेछ । यसपछि ऐश्वर्यालार्य लागातार फिल्मको प्रस्ताव आइरहेको छ । हालै उनलाई नर्गिस अभिनित फिल्म रात और दिन को रिमेकका लागि प्रस्ताव आएको छ ।

स्क्रिप्टअनुसार फिल्ममा उनको दोहोरो भुमिका छ । तर, जब परिश्रमिकको करा उठ्यो तब उनले १० करोड रुपैयाँ माग गरिन् । उनको रेट सुनेर सबै चकित परे । यति पारिश्रमिक अहिले बलिउडमा चलेको अभिनेत्रीको पनि छैन । तर, ऐश्वर्याको मागमा निर्माता प्रेरणा अरोरा सहमत भईन । दोहोरो भुमिकामा ऐश्वर्याले निकै मिहिनेत गर्नुपर्ने र फिल्म बन्न लामो समय लाग्ने भएकाले १० करो दिन आफु राजी भएको अरोराले बताएकी छन् ।
नयाँ पत्रिकाबाट जस्ताको तेस्तै

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.