कसरि बेलायत पुगिन् पटक पटक भीसा नपाएकी साम्राज्ञी ?


सेलिब्रेटी नेपाल काठमाडौँ

बेलायतको भीसा नलागेर समस्यामा परेकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अन्ततः वैकल्पिक उपाय अपनाएर लन्डन पुगेकी छन् ।चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’ को छायांकनका लागि बेलायतको भीसा लिने प्रयास गर्दा पटकपटक असफल भएकी साम्राज्ञी भारतको नयाँ दिल्लीबाट भीसा प्राप्त गर्न सफल भएकी हुन् ।

‘इन्टु मिन्टु लन्डनमा’का कलाकार धीरज मगरले सामाजिक सञ्जालमा फोटो पोस्ट गर्दै साम्राज्ञी लन्डन पुगेका पुष्टि गरेका छन् । रेनसा वान्तवा राईले निर्देशन गरेको ‘इन्टु मिन्टु लन्डनमा’का लागि अभिनेत्री र सिनेमाटोग्राफरले भीसा पाउन निकै सकस भएको थियो । चलचित्रको छायांकन रवि न्यौपानेले गरिरहेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.