ए सोल्टिनीको झुम्ताना झुम्ताना सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
चलचित्र ‘ए सोल्टिनी’ पोस्टर, गीत र ट्रेलर एकसाता अघि प्रेसमिट गरि सार्वजनीक गरिएको थियो । ट्रेलर सोही दिन युट्युवमा आएको थियो भने झुमताना झुमताना बोलको गीत शनिबार सार्वजनकि गरिएको छ । निमा तामाङ लामाको निर्देशनमा बनेको ‘ए सोल्टिनी’को सो गीत शुभ तामाङ र निर्मला घिसिङले गाएका हुन् । सुनलाल वाइवाको शब्द र संगीत रहेको गीतको भिडियोमा सबिन श्रेष्ठ, गंगा राना, ज्ञानवहादुर जिम्बालगायतले नृत्य गरेका छन् । अभि लामाले कोरियोग्राफी गरेको गीत लोकभाकाको गीत बिश्वास भण्डारीले खिचेका हुन् ।

दिलकुमार घलान तामाङले निर्माण गरेको फिल्म जिम्बा फिल्मस् प्रोडक्शनको ब्यानरमा निर्माण गरिएको हो । चलचित्रमा सबिन श्रेष्ठ, अर्जुन गुरुङ, जयनन्द लामा, मन्जु श्रेष्ठ, ज्ञानबहादुर जिम्बा, गंगा रानामगर, अनिता गोले,बिबि रानामगर, सम्झना श्रेष्ठ, शेरबहादुर थिङलगायतका कलाकारले अभिनय गरेका छन् । काठमाडौ उपत्यका वरिपरि खिचीएको चलचित्रको प्रस्तुतकर्ता पूर्णी तामाङ हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.