शेरबहादुर बने राते काइँला, शन्की मान्छेको कथा ‘शेरबहादुर’


सेलिब्रेटी नेपाल काठमाडौँ

नेपाली कथानक चलचित्र ‘शेरबहादुर’ माघ १९ गते रिलिज हुने भएको छ । आउँदो माघ १९ गते चलचित्र रिलिज गर्ने तयारीका साथ निर्माण युनिट प्रचार प्रसारमा उत्रेको छ ।

‘शेरबहादुर’ शन्की मान्छेको कथामा निर्माण भएको चलचित्र हो । अवकाश प्राप्त एक आर्मीको कथामा यो चलचित्र निर्माण भएको हो । निडर, शन्की र बलियो पात्र ‘शेरबहादुर’ चलचित्रकोे मूख्य पात्र हो ।

चलचित्रको मूख्य पात्रको रुपमा सुनिल थापा (राते काइँला) छन् । थापासँगै चलचित्रमा कर्मा शाक्य, रविन्द्र झा, मेनुका प्रधान लगायतका कलाकार मूख्य भूमिकामा छन् । एक्शन, रोमान्स, ड्रामा जानरामा रहेको चलचित्रको नाम झट्ट सुन्दा राजनीतिक जस्तो लागे पनि त्यस्तो नरहेको निर्माण पक्षले बताउँदै आएको छ ।

चलचित्रका अधिकांश सिन सेटमा खिचिएका छन् । जुन सेट तयार गर्न मात्रै २५ लाख बढी खर्च गरिएको दाबी गरिएको छ । आर राजवंशीले निर्देशन गरेको चलचित्र छायांकार गौरीशंकर धुजु र धिराज राजवंशीले निर्माण गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.