रजनी को पटुकी रिलिज मिति एक महिना पर धकेलियो


सेलिब्रेटी नेपाल काठमाडौँ

राम नेपाल निर्देशित चलचित्र ‘पटुकी’ को प्रदर्शन मिति केहि पर धकेलिएको छ । पुष २१ मा प्रदर्शन हुने भनिएको चलचित्र आगामी माघ १९ गते बाट प्रदर्शनम आउने भएको छ ।चलचित्र निर्माण टिमले माघ १९ मिति समावेश पोस्टर हालै सार्वजनिक गरेको छ । पटुकीमा रजनी केसी, जेम्स विसी, निर्माता म्याक्टेन कालु, दिपक कँडेल, रोजी श्रेष्ठ, हरि गुरुङ लगायतको मुख्य अभिनय रहेको छ ।

म्याक्टेन कालुको निर्माणमा बनेको यस चलचित्रका सह–निर्मातामा बिर्जन मिजार र कार्यकारी निर्मातामा शिता मिजार रहेका छन् । चलचित्रमा राजनराज सिवाकोटीको संगीत, माक्तेन कालुको शब्द, अभिषेक पौडेलको सम्पादन, सानु कुमार महर्जनको द्वन्द, शिव वि.क.को करियोग्राफि र लक्ष्मण घिमिरेको छायांकन रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.