‘उल्झन’ नयाँ बर्षको अवसर पारेर फर्स्ट लुक पोस्टर सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र ‘उल्झन’ ले अंग्रेजी नयाँ बर्षको अवसर पारेर फर्स्ट लुक पोस्टर सार्बजनिक गरेको छ । चलचित्रको युरोप प्रदर्शनको तयारीका लागि चलचित्र निर्देशक राजु अधिकारी यति बेला युरोपमा नै छन् । चलचित्र ‘उल्झन’ जनवरी र फेब्रुअरीमा युरोप र लण्डनमा प्रदर्शन हुनेछ भने त्यस पश्चात चैत्र २ गते बाट नेपालमा प्रदर्शन हुनेछ । चलचित्रको फर्स्ट लुकमा चलचित्र मुख्य ३ पात्र लाई फोकस गरिएको छ । नायक धुर्ब दत्त,नायिका रजनी के.सी र अर्का नायक बेनी ले पोस्टरमा स्थान पाएका छन् ।

तेजेन्द्र कंडेल प्रस्तुतकर्ता रहेको चलचित्रमा नारायण ढुंगाना,नबिन अधिकारी र हरिकृष्ण कार्की निर्माता रहेका छन् । चलचित्र ‘उल्झन’ले युरोपमा रहेका नेपाली हरुको संघर्षको कथा बोल्छ चलचित्रको लगानी पनि एनआर एन कै रहेको छ । चलचित्रमा आरति अधिकारीको कथा,मौनता श्रेष्ठको पटकथा रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.