बिबादमा रहेको ‘पद्मावती’ अब प्रदर्शनको बाटो खुल्यो !


सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा

लामो समय देखि बिबादमा रहेर प्रदर्शन रोकिएको फिल्म ‘पद्मावती’ अब भने प्रदर्शन हुने बाटो खुलेको छ । संजय लिला भन्साली, ‘पद्मावती’ टिम र फ्यानका लागि खुसीको खबर हो । सेन्सर बोर्डले यो फिल्मलाई यूए सर्टिफिकेट दिएको छ । फिल्म पास गर्नका लागि फिल्मको नाम परिवर्तन गर्ने सहमती बनेको छ ।अब फिल्मको नाम ‘पद्मावती’ नभई ‘पद्मावत’ हुनेछ ।

फिल्मका बारेमा विवाद भएपछि सेन्सर बोर्डले इतिहासकारहरुको एक टीम बनाएको थियो । उन टिमले फिल्म हेरेर यूए सर्टिफिकेट दिएको हो । फिल्म रिलिज लामो समयदेखि रोकिएको अवस्थामा सर्टिफिकेट पाएपछि फिल्मको टिमलाई राहत मिलेको छ ।१ डिसेम्बरमा रिलिज हुने भनिएको फिल्म राजस्थान लगायतका राज्यमा भएको विवादका कारण तोकिएको समयमा रिलिज हुन सकेको थिएन ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.