शत्रुगते पहिलो गीत सार्बजनिक हरिबंश र दिपा,पल र आंचल,दिपक र प्रियंकाको नृत्य


सेलिब्रेटी नेपाल काठमाडौँ

मह सञ्चारको प्रस्तुती र किरण केसीको निर्माणमा बनेको चलचित्र ‘शत्रु गते’को पहिलो गीत सार्वजनिक गरिएको छ । लोक फ्लेवरको ‘रुपै मोहनी’ बोलको गीतमा शब्द लोकराज अधिकारीको रहेको छ भने संगीत टंक बुढाथोकीले दिएका छन् । गीतलाई टंक र मीना निरौलाले गाएका छन् । कविराज गहतराजको नृत्य निर्देशनमा तयार भएको गीतलाई दिर्घ गुरुङले छायांकन गरेका हुन् ।

हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, पल शाह, आँचल शर्मा, प्रियंका कार्की लगायतका कलाकारले गीतको भिडियोमा नृत्य गरेका छन् । प्रदीप भट्टराईले निर्देशन गरेको चलचित्र चैत्र ९ गते बाट सार्बजनिक प्रदर्शनमा आउने छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.