झमक बहादुर प्रदर्शन मिति संगै आमैले भन्थे धाराको पानि सार्वजनिक (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

जेठ ११ गतेबाट प्रदर्शनमा आउने तयारीका साथ चलचित्र ‘झमक बहादुर’को ‘आमैले भन्थे धाराको पानी’ बोलको गीत सार्वजनिक भएको छ । पुरानो चलचित्र ‘साइनो’ मा समावेश गीतको रिमिक्स भर्सन हो । कुसुम गजमेरको शब्द र रन्जित गजमेरको संगीत रहेको गीतलाई ‘झमक बहादुर’मा भने ओम सुनारले रिमिक्स गरेका हुन् । रिमिक्समा ओम सँगै कविता श्रेष्ठ र मिस्टर आरजेको स्वर सुन्न सकिन्छ । निर्देशक भोमन कटुवालले क्लब डान्सको रुपमा प्रस्तुत गरिएको भिडियोलाई नयाँ पुस्तालाई मनपर्ने शैलीमा तयार पारेका छन् ।

मिनकुमार तामाङको निर्माण रहेको चलचित्रमा अनुप विक्रम शाही, यादव देवकोटा, राजु कमेडी, सुजता थापा, मिनकुमार तामाङ लगायतका कलाकारहरुको अभिनय रहेको छ । यूवि फिल्मस् ग्यालरी र दियालो इन्टरटेन्मेन्टको प्रस्तुती रहेको चलचित्रमा राजु किरातको द्वन्द्व, अनिलकुमार महर्जनको सम्पादन, भोमन कटुवालको पटकथा, कल्याण अधिकारीको कथा, रोजन भुजेलको सम्पादन, राजन, सूर्य र सलिनाको कोरियोग्राफी रहेको छ भने पवन गौतमले छायांकन गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.