सलमानको ‘टाइगर जिन्दा हे’ पाकिस्तानमा प्रतिबन्धित


सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा

पाकिस्तान सरकारले सलमान खान अभिनीत फिल्म ‘टाइगर जिन्दा हे’ लाई प्रतिबन्ध लगाएको छ। पाकिस्तानको प्रसारण मन्त्रालयले फिल्मको केही भागमा आपत्ति जनाउँदै सो फिल्मको प्रदर्शनमा प्रतिबन्ध लगाएको हो। तीन वर्षअघि इराकमा आइएसआईले ४६ भारतीय नर्सको अपहरण गरेको कथामा फिल्म बनेको छ। २०१४ मा उनीहरु सबैलाई सकुशल मुक्त गरिएको थियो। अपहरित नर्सलाई बचाइएको विषय अहिलेसम्म बाहिर आएको थिएन। ‘टाइगर जिन्दा हे’ सोही सत्य घटनामा आधारित रहेको बताइएको छ।

सलमान खान र केटरिना कैफ अभिनीत यो फिल्म डिसेम्बरमा २२ मा रिलिज हुँदै छ। फिल्म सन् २०१२ मा आएको ‘एक था टाइगर’को दोस्रो भाग हो, जुन सुपरहिट भएको थियो।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.