प्रवासमा रहेर पनि नेपाली गीत संगीतमा सक्रिय सुरेश


सेलिब्रेटी नेपाल काठमाडौँ
नेपाली गीत संगीतमा रुचि राख्ने व्यक्ति हरुको संख्या दिन प्रतिदिन बढी नै रहेको छ । गीत संगीतको ब्यबसाय घट्दै गय पनि नेपाली गीत संगीतको निर्माण भने घटेको छैन । देशमा रहेर होस् वा बिदेशमा बसेर होस गीत संगीतमा रुचि राख्ने र नयाँ गीत हरुको निर्माण गर्ने मध्येमा एउटा नाम हो सुरेश के.सी.उनि लामो समय देखि विदेश बस्दै आइ रहेका छन् । उनि बिदेशमा रहेर पनि नेपाली कला संगीतमा सक्रिय रही रहेका छन् । भुल भुलमा एल्बमको गीत लेखेका गीतकार केसीको आऊ सामु मिठो गीत गाउँ,भुलमा भुल भयो,दिल फूल झैँ जस्ता गीत हरु चर्चित बने यी गीतको सफलता पश्चात केसीको शब्दमा मेलिना राईको स्वरमा मेरो रंगमा रंगी दियौ र स्वरुप राज आचार्यको आवाजमा हाँस्दा हाँस्दै सार्बजनिक गरेका छन् । यी दुवै गीतको म्युजिक भिडियो समेत सार्बजनिक भएको छ र दर्शक श्रोताको राम्रो प्रतिक्रिया पनि पाउदै छ । ‘म बिदेशमा रहे पनि आफ्नो देश र कला संस्कृति लाई भुल्न सक्दिन गीत रचना निरन्तर नै गरि रहन्छु’ उनि भन्छन ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.