थ्रिडी ‘भिजिलान्ते’ चैतमा



थ्रिडी प्रविधिमा निर्मित पहिलो नेपाली चलचित्र ‘भिजिलान्ते’ आगामी चैत ९ मा रिलिज हुने भएको छ। राजधानीमा आयोजित एक कार्यक्रममा यसको रिलिज मिति, पोस्टर र थ्रिडी प्रोमो सार्वजनिक गरिएको हो। मण्डला थियटरमा भएको कार्यक्रममा प्रमुख अतिथि बनाइएका अभिनेता दयाहाङ राईले पोस्टर र प्रोमो सार्वजनिक गरेका हुन्। ‘हाम्रो जस्तो देशमा थ्रिडी प्रविधिमा चलचित्र बनाउनु सजिलो काम होइन। थ्रिडीबारे अध्ययन गरेर यो चलचित्र बनाएको हुँ,’ फिल्मका निर्देशक दीपेन्द्र के खनालले भने, ‘आधुनिक थ्रिडी प्रविधि जडान भएको हल नेपालमा थोरै छन्। त्यसैले आधुनिक र परम्परागत दुवै खाले हलमा चलाउन मिल्ने थ्रिडी प्रविधि अपनाइएको छ।’ खनालले यसअघि चलचित्र द युग देखि युग सम्म,धर्मा र चपली हाइट निर्देशन गरेका थिए।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.