चर्चित सेलेब्रिटी जसले आफ्नो देश भन्दा बाहिर बिबाह गरे


सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा
अभिनेत्री अनुष्का शर्माले क्रिकेटर प्रेमी विराट कोहलीसँग ११ डिसेम्बरमा इटलीको टस्कनीमा बिहे गरिन् । अनुष्का मात्रै होइन, अन्य केही बलिउड सेलेब्रिटीले पनि आफ्नो बिहे भारतबाहिर गरेका छन् ।

भारतीय अनलाइनले विदेशमा बिहे गरेका केही सेलेब्रिटीबारे रिपोर्ट तयार गरेको छ । त्यसमा कुणाल कपुर–नैना बच्चनदेखि आदित्य चोपडा–रानी मुखर्जीसम्म छन् ।

कुणाल–नैना
अभिनेता कुणाल कपुरले अमिताभ बच्चनकी भतिजी नैना बच्चनसँग सेसेल्ड आइसल्यान्डमा बिहे गरेका हुन् । उनीहरूले सन् २०१५ को ९ फेब्रुअरीमा परिवारका केही सदस्यका बीच बिहे गरेका हुन् । गोल्ड फिल्ममा अक्षयकुमारका साथ अभिनय गरिरहेका कुणाल अभिताभको ज्वाइँ पर्छन् । कुणाल र नैनाले आफ्नो प्रेमलाई आइसल्यान्डमा पुगेर बिहेमा परिणत गरेका हुन् ।

माधुरी–डा.श्रीराम
अभिनेत्री माधुरी दीक्षितले डा. श्रीराम नेनेसँग भारतबाहिर नै बिहे गरेकी हुन् । अर्थात्, उनीहरूले सन् १९९९ अक्टोबर १७ मा अमेरिकामा बिहे गरेका थिए । उनीहरूले आफूहरूको प्रेमलाई अमेरिकामा भव्य रूपमा बिहेमा परिणत गरेका हुन् । माधुरी सन् २०१४ मा रिलिज भएको ‘गुलाब ग्याङ’पछि पर्दामा देखिएकी छैनन् ।

रानी–आदित्य
अभिनेत्री रानी मुखर्जी र निर्माता, निर्देशक आदित्य चोपडाले पनि भारतबाहिर बिहे गरेका हुन् । उनीहरूले आफूहरूबीचको लामो समयको प्रेमलाई इटलीमा बिहेमा परिणत गरेका हुन् । रानी र आदित्यले आफूहरूले बिहे गरेको कुरा केही समय लुकाउन सफल भएका थिए । उनीहरूको बिहेमा परिवारका केही सदस्य र निकट साथीलाई मात्र बोलाइएको थियो । उनीहरूले १४ अप्रिल २०१४ मा बिहे गरेका हुन् ।

प्रीति–जिन
एक समयकी चर्चित अभिनेत्री प्रीति जिन्टाले पनि भारतबाहिर बिहे गरेकी हुन् । उनले आफ्ना प्रेमी जिन गुडइनफसँग सन् २०१६ मा अमेरिकामा बिहे गरेकी हुन् । उनको बिहे लस एन्जलसमा निकै निजी तवरले भएको थियो । उनका पति जिन अमेरिकास्थित हाइड्रो इलेक्ट्रिसिटी पावर कम्पनीमा उपप्रमुख छन् । प्रीतिको पछिल्लोपटक सन् २००८मा ‘हिरोज’ फिल्म रिलिज भएको थियो ।

जोन–प्रिया
अभिनेता जोन अब्राहमले आफ्नी प्रेमिका प्रिया रुन्चलसँग अमेरिकामा बिहे गरेका हुन् । उनीहरूले सन् २०१४ मा लस एन्जलसमा गुपचुपमा बिहे गरेका हुन् । झन्डै एक दशक अभिनेत्री निपाशा बासुसँग लिभ इन रिलेसनसिपमा रहेका जोनले आफ्नो बिहेलाई गोप्य नै राख्ने कोसिस गरेका थिए । त्यसैले उनले अमेरिका पुगेर बिहे गरेको बताइन्छ ।

लिजा–डिनो
अभिनेत्री, मोडल लिजा हेडनले पनि बिहेका लागि विदेश नै रोजिन् । उनले आफ्ना प्रेमी डिनो ललवानीसँग सन् २०१६ को अक्टोबरमा थाइल्यान्डको फुकेटमा बिहे गरेकी हुन् । लिजा पछिल्लोपटक एक वर्षअघि प्रदर्शित ‘ए दिल है मुस्किल’मा केमियो भूमिकामा देखापरेकी थिइन् ।