निर्माताले नायिका ल्याय पछि निर्देशक जिल


सेलीब्रेटी नेपाल माघ १७ गते-तीन महिनादेखि आफ्नो चलचित्र ‘नो स्मोकिङ’का लागि नायिका खोजी गरिरहेका निर्देशक सुमन दाहाल निर्माताका कारण लज्जित भएका छन्। गायिका जमुना जोशीलाई नायिका बनाएर सञ्चारमाध्यममा व्यापक प्रचार गरेका यी निर्देशकले जोशीलाई बाट हटाए। मुख्य नायिकामा झरना थापालाई पहिला नै लिइसकेको पनि दोस्रो नायिकाको लागि नेपाली सिनेवृत्तका ३५ जना भन्दा बढी नायिकालाई हेरिसकेका थिए। तर उनलाई कुनै पनि नायिका चित्त बुझेको थिएन।
यसै साता बूढानीलकण्ठमा शुभसाइत गरिएको यो चलचित्रको शुभसाइतको दिन निर्देशक दाहाल छक्कमात्र परेनन्। लज्जित पनि भए। आफूले कल्पनासमेत नगरेकी युवतीलाई बिहानै निर्माता मुरारी पोखरेलले मुहूर्तमा ल्याएर आफ्नो चलचित्रकी नायिका भनेर चिनाएपछि निर्देशक दाहाल छक्क परेका हुन्। चलचित्रको मुहूर्तपछि पनि उनले महिमा सिलवाललाई आफूले नायिकाको रूपमा चयन गरिनसकेको बताए तर त्यतिबेलासम्म महिमाले आफू फिल्म नो स्मोकिङमा नायिका भइसकेको समाचार केही अनलाइन सञ्चारमाध्यममा प्रकाशन गराइसकेकी थिइन्। निर्देशकले महिमालाई नायिकाको रूपमा स्वीकार नगरेको बेलामा निर्माता पोखरेलले आफ्नो चलचित्रको नायिका महिमा नै भएको सञ्चारकर्मीलाई जानकारी गराएका छन्। गत मंसिरमै सुटिङ हुने भनिए पनि नायिका नपाएकै कारण सुटिङ सार्नु परेको निर्देशक सुमन दाहालले बताउँदै आएका थिए।

Copyright © 2012 - 2026 | All Right Reserved.