भारतीय अभिनेता शशी कपुरको निधन


सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा

भारतीय अभिनेता शशी कपुरको ७९ वर्षको उमेरमा सोमबार साँझ निधन भएको छ। पछिल्लो तीन सातादेखि मुम्बईको कोकिला बेन अस्पतालमा उपचाररत क्रममा निधन भएको हो । १६० भन्दा बढी हिन्दी र अंग्रेजी चलचित्रमा अभिनय गरेका शशी कपुरको जन्म सन् १९३८ मा कोलकातामा भएको थियो ।

नाटकबाट कलाकारिता सुरु गरेका कपुरले सन् १९४४ देखिनै पिता पृथ्वीराज कपुरका साथ अभिनय सुरु गरेका हुन्। कपुरले अभिनय गरेको जब-जब फूल खिले, कन्यादान, शर्मिली, आ गले लग जा, रोटी कपडा और मकान, चोर मचाए शोर लगायतका चलचित्र निक्कै मन पराइएका थिए ।

सन् १९८४ मा पत्नी जेनिफरको क्यान्सरका कारण निधन भएपछि एक्लो जीवन बिताइरहेका कपुरलाई सन् २०११ मा पध्म भुषण र सन् २०१५ मा दादा साहेव पुरस्कार प्रदान गरिएको थियो।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.