नेपाल आइडलका सुरज,सागर र राहुलको स्वरमा गोरी भर्सेस गोर्खे


सेलिब्रेटी नेपाल काठमाडौँ

संगीतकार टिका दाहालको संगीतमा नेपाल आइडलका टप टेनमा पुग्न सफल ३ प्रतिस्पर्धीको आवाजमा गोरी भर्सेस गोर्खे बोलको गीत भिडियो सहित तयार भएको छ । नेपाल आइडल प्रतियोगी सुरज थापा,सागर आले र राहुल बिस्वाशको स्वर रहेको गीतमा शब्द रमेश दाहालको रहेको छ। ३ जना नेपाल आइडलका उत्कृस्ट प्रतियोगीको स्वर रहेकोले यो गीत प्रतिक्षित बनेको छ। अस्ट्रेलियामा महँगो बजेटमा छायांकन गरिएको भिडियो मङ्सिर २१ गते हुन गइ रहेको चुनाब लगत्तै सार्बजनिक गरिने संगीतकार टिका दाहालले सेलिब्रेटी नेपाल लाई जानकारी गराए । निर्देशक जीवन रसाइलि यस बर्षकै उत्कृस्ट भिडियो बनेको बताउछन् । भिडियोमा अस्ट्रेलियन चर्चित गायिका ब्रिजेट प्रोसलाई फिचर गराईएको छ । भिडियोमा अजय तामाङ,सरोज थापा,शिब बस्नेत र नर्बदा थापाको अभिनय रहेको छ । उक्त भिडियो अस्ट्रेलियामा बनेका अन्य नेपाली म्युजिक भिडियोहरु भन्दा फरक लोकेसन र हाइ बजेटमा निर्माण गरिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.