बालकलाकार प्रतिस्ना केसी पहिलो बोली लियर आइन



सेलीब्रेटी नेपाल माघ १६ गते -बालकलाकार प्रतिस्ना केसी प्रतिभालाई उमेरले छेक्दैन भन्ने भनाइको ज्वलन्त उदाहरण बनेकी छन् । गायन, नृत्य, अभिनय र उद्घोषण कलामा आफ्नो प्रतिभा प्रस्तुत गर्दै आएकी प्रतिस्नाले यसै साता एल्बम ‘पहिलो बोली’ ल्याएकी छन् । जसमा उनले आफ्नो गायन कला मजबूत रूपमा प्रस्तुत गरेकी छन्
प्रतिस्नाको ‘पहिलो बोली’ भिडियोसहित बजारमा आएको हो । उक्त डीभीडी एल्बम ‘पहिलो बोली’मा, सुनकोशी तालैमा, पहिलो बोली सिकाउने, पढ्दा पनि देश पढ्छु, ए बादल पर्ख र केही गर्ने सहित पाँचवटा गीत छन् ।

भक्तपुरको बालकोटस्थित मेरीगोल्ड इंग्लिस स्कुलमा कक्षा पाँचमा अध्ययनरत प्रतिस्नाले गायनका आलावा केही नेपाली चलचित्रहरूमा समेत अभिनय गरिसकेकी छन् । ‘हमेशा’ चलचित्र र आधा दर्जनभन्दा बढी म्युजिक भिडियो तथा विज्ञापनमा मोडलिङ गरेर आफ्नो अभिनय कौशल प्रस्तुत गरिसकेकी प्रतिस्नाले रेडियो नेपालमा बाल समाचार वाचिकाको रूपमा काम गर्दै आएकी छन् भने उनी नेपाल टेलिभिजनबाट प्र्रसारण हुँदै आएको बाल कार्यक्रम ‘हेल्लो किड्स’ को पनि सञ्चालिका हुन् ।

Copyright © 2012 - 2026 | All Right Reserved.