भारतकी मानुषी बनिन् मिस वर्ल्ड २०१७ (भिडियो सहित)


सेलिब्रेटी नेपाल काठमाडौँ

मिस वर्ल्ड २०१७ को उपाधि भारतकी मानुषी ले जितेकी चिल्लरले छन्। शनिबार चीनको सनायामा आयोजित फाइनल कार्यक्रममा मानुषीलाई मिस वर्ल्ड विजेता घोषित गरिएको हो। विश्वभरका १०८ जना प्रतिस्पर्धीलाई हराउने २१ वर्षीय मानुषी हरियाणाकी हुन्। दोस्रो हुनेमा मेक्सिकोकी एन्ड्रिया मेजा छन् भने तेस्रो उपाधि इंल्याण्डकी स्टेफनी हीलले जितेकी छन्। टप ५ फाईनलमा इंग्ल्याण्ड, फ्रान्स, केन्या र मेक्सिकोलाई पछी पार्दै भारतकी मानुषी चिल्लरले यो वर्षको ताज पहिरिइन ।

मानुषीलाई गत वर्षकी विश्व सुन्दरी पुइर्टो रिकोकी स्टेफन डेलले ताज पहिर्याइन । त्यस्तै फस्ट रनरअप इंग्ल्याण्डकी स्टेफन हिल र सेकेन्ड रनरअप मेक्सिकोकी एनड्रे मेजा बनिन् । टप १० मा इन्डोनेसिया, रसिया, कोरिया, जमैका र साउथ अफ्रिकाका सुन्दरीहरु पनि परेका थिए । भारतले ‘मिस वर्ल्ड’ उपाधि जितेको यो छैटौ पटक हो । सन् १९६६, १९९४, १९९७, १९९९ र २००० को उपाधि यसअघि भारतले जितेको थियो । यो जितसँगै भारतले सर्वाधिक विश्व सुन्दरी दिएको भेनेजुएलासँग बरावरी गरेको छ । भेनेजुएलाले पनि ६ पटक विश्व सुन्दरीको उपाधि जितेको छ । अब भारत सर्वाधिक विश्व सुन्दरी भएको देश बनेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.