सलमान खान आफ्नी नायिका समेत लिएर नेपाल आउने


सेलिब्रेटी नेपाल काठमाडौँ

बलिउड अभिनेता सलमान खान नेपाल आउने भएका छन् । उनलाई ओडिसी इन्टरटेनमेन्टले कन्सर्टका लागि नेपाल भित्र्याउन लागेको हो । ओडिसीले ७ वर्ष अगाडी क्यानेडियन पप गायक ब्रायन एडम्सलाई नेपाल ल्याएर सबैभन्दा ठुलो सांगीतिक कार्यक्रम गरेको थियो ।

फागुन २६ गते टुँडिखेलमामा हुने ‘दबंग: द सलमान खान लाईभ इन नेपाल’ कन्सर्टमा यी अभिनेतासँगै ज्याक्लिन फर्नान्डेज, जरिन खान, डेजी शाह, मित ब्रदर्श र प्रभु देवा नेपाल आउनेछन् ।

अहिले कन्सर्टको लागि प्रिप्रोडक्सन लगायत पारिश्रमिकका काम भैरहेका छन् । स्रोतका अनुसार सलमानका भाई सोहेल खान कन्सर्ट हुने ठाउँ, बस्ने होटेल र सुरक्षा लगायतका विषयमा बुझ्न यसै साता नेपाल आउदैछन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.