तोरी लाहुरेले सक्यो छायांकन कार्य


सेलीब्रेटी नेपाल माघ १५- चोभारमा हेलिकप्टर प्रयोग गरिएको दृश्यको छायांकन गर्दै चलचित्र तोरी लाहुरे छायांकन कार्य समाप्त भएको छ। दिनेश डिसी, सुवास थापा, गजित विष्ट, असिष्मा नकर्मी, समुना केसी आदिले चलचित्रको अन्तीम सट दिएका थिए।
प्रहरी इन्सपेक्टरको पोशाकमा शनिबार सट दिएका कलाकार दिनेश डिसीले चलचित्रमा आफ्नो रोल एकदमै राम्रो भएको बताए। उनले भने बजार र मायाज बारमा झै यस चलचित्रमा पनि इन्सपेक्टर डिएल कार्कीको रोल आफुले गरेको छु। प्रहरीको रोलमा अभिनय गरेका डिसीको यो आठौ चलचित्र हो ।
दिनेश डिसी, सुवास थापा, गजित विष्ट, असिष्मा नकर्मी, समुना केसी लगाएत कलाकारको मुख्य भुमिकामा अभिनय रहेको चलचित्रको छायांकार निरज कडेल रहेका छन् । चलचित्रको छायांकन सकिएको घोसना गरिए पनि दुई गितको सुटिङ कार्य भने बाँकि नै रहेको निर्माण पक्षले जनाएको छ ।

Copyright © 2012 - 2026 | All Right Reserved.