मिस नेपाल युनिभर्समा नेपालबाट नग्मा(भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

नेपालको सर्बाधिक चर्चित ब्युटी प्याजेन्ट मिस नेपालको आयोजना गर्दै आएको संस्था द हिडेन ट्रेजरले आफ्नो २२ औ तथा मिस नेपालको २३ औ वार्षिकोत्सवको उपलक्ष्यमा घोषणा गरेको पहिलो मिस नेपाल युनिभर्स नग्मा श्रेष्ठ आउदो नोभेम्बर ६ मा अमेरिका जादैछिन । पहिलो मिस नेपाल युनिभर्स घोषित भएकी आफ्नो सम्पूर्ण तयारी पुरा गरेर उक्त प्रतियोगितामा सहभागी हुन् जान लागेको जनाएकी छिन् । विगत केहि महिना यता गरिरहेको तयारी तथा उनले मिस युनिभर्समा आफुलाई प्रस्तुत गर्ने विविध कुराको जानकारी दिन राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । ’प्रेस प्रिजेन्टेसन’ नाम दिइएको कार्यक्रममा नग्माले विभिन्न डिजाइन समेत प्रस्तुत गरेकी थिइन् । ६६ औ मिस युनिभर्सको आयोजना अमेरिका स्थित लास भेगासमा आउदो नोभेम्बर २६ मा हुनेछ , जसमा नग्मा पहिलो पटक नेपाललाई प्रतिनिधित्वगर्दै जादैछिन । मिस नेपाल आयोजना भएको २३ औ वर्ष पुगिसक्दा पनि अहिले सम्म मिस युनिभर्समा नेपालबाट सहभागिता भने भएको थिएन ।

पछिल्लो समय सन् २०१७ को मिस नेपालको आयोजनाभएसंगै द हिडेन ट्रेजरले नेपालबाटै मिस युनिभर्समा सहभागीहुन् पाउने अधिकार पाएपछि सन् २०१२ किमिस नेपाल अर्थ समेत रहेकी नग्मालाई उक्त टाइटल दिदै मिस युनिभर्समा पठाउने निर्णय गरेको हो । नग्माले मिस युनिभर्समा नेपाली भेष भुषालाई प्रवर्धन गर्ने्छिन् भने उनि अलंकृत पोशाक, शिरमा मण्डला शैली उपकरण सहित शिष्ट र सौम्य रुपी सेतो परिपुरक वस्त्रमा समेत देखिने छिन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.