आजबाट चलचित्रकर्मीले हल बन्द गर्ने



सेलीब्रेटी नेपाल माघ १४ गते-चलचित्र विकास बोर्डको अध्यक्षमा चलचित्र कर्मीको नेतृत्व हुनपर्छ भन्दै आन्दोलन गरिरहेका कलाकारहरुले आफ्नो आन्दोलनलाई अझ सशक्त बनाउने भएका छन् । सरकारले वोर्ड अध्यक्षमा धमेन्द्र मरवैतालाई नियुक्त गरेपछि त्यसको विरोधमा कलाकारहरुले थप आन्दोलनको घोषणा गरेका हुन् । उनीहरुले आजदेखि देशैभरका चलचित्र हलहरु ठप्पपार्ने भयका छन् ।

आफ्ना मागहरु लिएर प्रधानमन्त्रीलाई भेटेको ४ घन्टा बित्न नपाउदै धमेन्द्र मरवैता ‘पप्पु’ लाई बोर्डको नयाँ अध्यक्ष नियुक्त गरिनु धोका भएको भन्दै उनीहरुले ४ बुँदे माग राखेर आन्दोलनको कार्यक्रम सार्वजनीक गरेका छन् ।
आन्दोलनको कार्यक्रमहरु यस्तो छ:

१.विभिन्न संघ संस्थाहरुको सहभागितामा नेपाल अधिराज्यभरका चलचित्र हल, चलचित्रको छायांकन, पोस्ट प्रोडक्सन सम्पूर्ण कार्य ठप्प पार्ने ।
२.सरकाले बोर्डको अध्यक्ष नियुक्त गरिएका ‘पप्पु’लाई सार्वजनिक रुपमा बहिष्कार गर्ने ।
३.चलचित्रकर्मीहरुको रिले अनशन जारी राख्ने ।
४.चलचित्र बिकाश बोर्डमा आइतबार चलचित्र विज्ञहरुसँग बृहत्त अन्तरक्रिया गर्ने ।