कला छोपेर देखाउँदा पनि देखिन्छ नायिका जेनी


सेलिब्रेटी नेपाल काठमाडौँ

नायिका जेनी कुवँरको ‘छाईदेउ श्री हजुर मनमा’बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालमा नायिका कुँवरले पत्रकार सम्मेलन गरेर ‘छाईदेउ ए हजुर मनमा’ बोलको गीत सार्वजनिक गरेकी हुन् । पूर्व संस्कृतिमन्त्री दिपकुमार उपाध्यायले उक्त गितको विमोचन गरेका हुन् । नायिका जेनी कुवँरको शब्द, संगित तथा स्वर रहेको गीतको भिडियो निर्देशन समन अधिकारीले गरेका छन् भने छायाङ्कन दिपेन्द्र थपलियाले गरेका छन् । जेनी कुवँरको अभिनय रहेको गीतको भिडियो लोकेश ब्रजाचार्यले सम्पादन गरेका छन् ।

कार्यक्रममा बोल्दै जेनीले भनिन ‘मैले सत्याकृत ब्याण्डमा जोडिएदेखि सत्यको पछि लाग्न थालेकीछु, हिजोका दिनहरुमा गरेका कामहरु, मैले अङ्ग देखाएर अभिनय गरेका भिडियोहरु चल्नकै लागि मात्र गरेकीरहेछु भन्ने लाग्छ, अङ्ग देख्नेले एकचोटी मनको चञ्चलता मेट्नेमात्रै हो, यसले खास रुप र कलाको सन्देश प्रवाह गर्न सक्दैन।’

हिजोका दिनमा अंग प्रदर्शन गर्ने मान्छे आज आएर म सत्यको पछि लागेकी छु भनिरहँदा गल्ति गरिएछजस्तो लाग्दैन भनेर सोधिएको पत्रकारको प्रश्नको जवाफमा नायिका कुवँरले भनिन्,‘कला छोपेर देखाउँदा पनि देखिन्छ, अङ्ग प्रदर्शन गर्नु आवश्यक रहेनछ भन्ने लाग्छ।’ कार्यक्रममा उक्त ब्याण्डले ‘मधुस्मृति’ नामक गीत पनि गाएको थियो । त्यस्तै कार्यक्रममा नायिका कुँवर, ढकाल र अधिकारीले सत्याकृत ब्याण्डले पछिल्लो समय राष्ट्र र धर्मप्रति संरक्षण र प्रर्वद्धनको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको र आगामी दिनमा समेत खेल्ने विश्वास दिलाए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.