पाँच सय मानिसले ५० दिन लगाएर बनाएको बाहुबलीको भव्य माहिष्मती सेट पर्यटकका लागि खुला


सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा

रामोजी फिल्म सिटीले बाहुबलीको माहिष्मती साम्राज्यबाहेक अन्य सेट पनि पर्यटकहरूका लागि खुला गरेको छ । पर्यटकहरूको भारी मागका कारण यस्तो निर्णय लिइएको हो ।

माहिष्मतीको सेट ५५ करोड रुपैयाँमा तयार पारिएको थियो । पाँच सय मानिसले ५० दिन लगाएर सेट तयार पारेका थिए ।
फिल्मको पहिलो भागमा माहिष्मती राजधानी बनाउनका लागि ४६ करोड रुपैयाँ खर्च गरिएको थियो । बाहुबली २ मा चाहिँ त्यही सेटमा केही नयाँ कुरा जोडेर फिल्मका धेरै दृश्यहरू छायांकन गरिएका थिए ।

फिल्म सिटीका म्यानेजर पवन कुमारका अनुसार, दैनिक १० देखि १५ हजार पर्यटक आइरहेका छन् । रामोजी फिल्मसिटीका उपाध्यक्ष एभी रावका अनुसार, गिनिज वर्ल्ड रेकर्डमा दर्ता भएको अनि करीब दुई हजार एकडमा फैलिएको यो फिल्मसिटीमा अहिलेसम्म २५ सयभन्दा बढी फिल्मको शूटिङ भइसकेको छ । फिल्मसिटीमा ५०० भन्दा बढी सेट लोकेसनहरू छन् । वर्षमा करीब २०० फिल्मको शूटिङ हुने गरेको छ । सयौं बगैंचा, ५० भन्दा बढी स्टुडियो फ्लोर, अथोराइज्ड सेट्स, डिजिटल फिल्म फ्यासिलिटी, आउटडोर लोकेसन र हाई टेक्नोलोजी ल्याब विद्यमान छ। फिल्मसिटीभित्रै रेलवे स्टेसन, एयरपोर्ट, मन्दिर, महल, शहर, गाउँ, जंगल, समुद्र सबैथोक छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.