अमिताभ बच्चनका १० फ्लप फिल्म ! कुनैले बक्स अफिसमा २ करोड मात्र कमायो


सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा
अमिताभ बच्चन ७५ औं जन्म दिन मनाइ रहेका छन् । उनको जन्म ११ अक्टोबर १९४२ मा इलाहाबाद भएको हो । थुप्रै सुपर हिट चलचित्र दिएका अमिताभले फ्लप फिल्ममा पनि काम गरेका छन् कमाईको मामलामा धेरै फसेका छन् । कुनै फिल्म ले २ करोड कमाएका छन् भने कुनैले ६ करोड ।
यहाँ आज चर्चा गर्दै छौँ बिग बि का फ्लप १० फिल्मको

सन् २०१० मा प्रदर्शनमा आएको निर्देशक लीना यादवको ‘तीन पत्ति’ फिल्ममा बिग बीको साथमा श्रद्धा कपूर, आर माधवन, राइमा सेन मुख्य भूमिकामा रहेका थिए यो फिल्म्ल्को लगानी अठार करोड रहेको थियो फिल्मले बक्स अफिसमा ६ करोड मात्र कमाउन सफल भयो ।

राम गोपाल बर्माको फिल्म ‘आग’ मा बिग बि.को साथमा अजय देवगन, मोहन लाल र प्रियंका कोठारी मुख्य भूमिकामा रहेका थिए यस फिल्मको लगानी २१ करोड रहेको थियो भने फिल्मले १० करोड मात्र कमायो ।

विक्रम भट्टको फिल्म ‘एतबार’ मा अमिताभ बच्चनको साथमा विपाशा बसु, जोन अब्राहम मुख्य भूमिकामा रहेका थिए यस फिल्मको लगानी ९ करोड रहेको थियो फिल्मले ६ करोड मात्र कमाउन सफल बन्यो ।

सुजय घोषको फिल्म ‘अलादीन’ मा अमिताभ बच्चनको साथमा जैकलीन फर्नांडिस र रितेश देशमुख मुख्य भूमिकामा रहेका थिए यस चलचित्रको लगानी ४२ करोड रहेको थियो फिल्मले ८ करोड मात्र कमायो ।

निर्देशक राजकुमार सन्तोषीको फिल्म ‘फैमिली’ मा अमिताभ बच्चनको साथमा अक्षय कुमार, भूमिका चावला मुख्य भूमिकामा रहेका थिए यस फिल्मको लगानी २५ करोड रहेको थियो यस फिल्मले १२ करोड मात्र कमायो ।

निर्देशक रामगोपाल वर्माको फिल्म ‘सरकार 3’ मा अमिताभ बच्चन, यामी गौतम, रोनित रॉय, जैकी श्रॉफ, अमित साध मुख्य भूमिकामा रहेका थिए यस फिल्मको लगानी ३६ करोड रहेको थियो फिल्मले १३ करोड मात्र कमायो ।

राम गोपाल वर्माको फिल्म ‘डिपार्टमेंट’ मा बिग बीको साथमा संजय दत्त, राणा दग्गुबती मुख्य भूमिकामा थिए यस फिल्मको लगानी ३२ करोड थियो यसले जम्मा १६ करोड मात्र कमायो ।

रिभु दासगुप्ताको फिल्म ‘तीन’ मा अमिताभ बच्चनको साथमा विद्या बालन र नवाजुद्दीन सिद्दीकी मुख्य भूमिकामा रहेका थिए यस फिल्मको लगानी ३४ करोड रहेको थियो यसले २४ करोड मात्र कमायो ।

निर्देशक आर. बाल्कीको फिल्म ‘षमिताभ’ अमिताभ बच्चनको साथमा धनुष र अक्षरा हासन मुख्य भूमिकामा रहेका थिए यस फिल्मको लगानी ४९ करोड रहेको थियो यसले २९ करोड मात्र कमायो ।
सन् २००५ मा प्रदर्शनमा आएको दिल जो भी कहे ले मात्र २ करोड कमाएको थियो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.