मौसमीको समय यो महिना नआउने भो



सेलीब्रेटी नेपाल माघ ११ गते-अहिले नेपाली चलचित्रको बजार सुन्य जस्तै अबस्थामा पुगेको छ । चलचित्र कर्मीहरु आन्दोलनमा ब्यस्त छन् । अभिनेत्री मौसमी मल्लले पनि यो मौसममा आफूले निर्माण गरेको चलचित्र ‘समय’ लाई रिलिज नगर्ने बताएकी छिन् । नेपाली चलचित्रको विकास विस्तारका लागि भन्दै लामो समयदेखि चर्किरहेको फिल्मकर्मीको आन्दोलनलाई शुरूवाती दिन देखि नै सक्रिय रूपमा साथ दिदै आएकी मौसमीले अहिले आन्दोलनले सेन्सर रोकेको छ र आफ्नो चलचित्र पनि सेन्सर भै नसकेको जानकारी दिईन ‘ दयाराम दाहालले निर्देशन गरेको चलचित्र समयले यहि माघ १९ गतेको रिलिज मिती पाएको थियो ।