सफल चलचित्र ए मेरो हजुरको सिक्वेल ए मेरो हजुर ३ बन्ने


सेलिब्रेटी नेपाल काठमाडौँ
अभिनयमा सफल बनेकी झरना थापाको डेब्यु निर्देशन चलचित्र ‘ए मेरो हजुर २’ ब्यबसायिक रुपमा सफल बन्यो चलचित्र सफल बने पछी सफल अभिनेत्री झरनाले चलचित्रको चलचित्रको सिक्वेलको रुपमा ‘ए मेरो हजुर ३’ बनाउने घोसणा गरेकी छन्। चलचित्र पत्रकार संघ दाङले आइतबानर तुलसीपुरमा गरेको कार्यक्रममा उनले आफूले निर्देशन गरेको पहिलो चलचित्रलाई मन पराइदिएकोमा दर्शकलाई धन्यवाद समेत दिइन्।

नायिका हुँदाजस्तै दर्शकले डेव्यू निर्देशनको चलचित्र ‘ए मेरो हजुर २’ लाई पनि मन पराइदिएकोमा थापाले खुशी व्यक्त गरिन्। आफ्नो गृहनगर दाङ जिल्लालाई चलचित्र नगरीको रुपमा विकास गर्न आफूले पहल गर्ने पनि थापाले बताइन्। केही वर्षअघिसम्म सुन्दर चलचित्र नगरीको रुपमा परिचित भए पनि पछिल्लो समयमा खासै उत्साहजनक रुपमा अगाडि बढ्न नसकेको प्रति चिन्ता व्यक्त गरिन्। उनले आगामी दिनमा दाङ जिल्लाको पुरानो क्रेज फेरि ल्याउन राम्रा चलचित्र बनाउने र आफ्नो गृह जिल्लालाई सुन्दर चलचित्र नगरी बनाउने उद्घोष गरिन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.