निर्देशक कुन्दन शाहको निधन


सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा

भारतीय निर्देशक कुन्दन शाहको निधन भएको छ। उनको शनिबार आफ्नै निवासमा हृदयरोगका कारण निधन भएको हो। उनको छोरीले उनको निधनको जानकारी दिएकी हुन् ।

६९ वर्षिय शाहले जाने भि दो यारो (१९८३), कभी हा कभी ना (१९९३) लगायतका फिल्म बनाएका थिए भने नुक्कड (१९८६) र वागाले कि दुनियाँ (१९८८) टिभी शो बनाएका थिए। उनको पछिल्लो फिल्म पी से पीएम तक (२०१४) हो।

कुन्दनले फिल्म एण्ड टेलिभिजन इन्टिच्युट, पुनेमा अध्ययन गरेका हुन्। उनको पहिलो फिल्म जाने भी दो यारोलाई भारतीय क्लासिकल फिल्म मध्यको एक उत्कृष्ट फिल्म मानिन्छ। उनले उक्त फिल्मबाट उत्कृष्ट निर्देशकमा राष्टिय पुरस्कार समेत प्राप्त गरेका थिए।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.