सेलिब्रेटी नेपाल काठमाडौँ

दशैं तिहारको अवसर पारेर अस्ट्रेलियामा बनेको नयाँ भिडियो सार्बजनिक गरिएको छ ।   खड्का यान सन्स को निर्माण तथा जीवन रसाइली को निर्देशनमा बनेको भिडियोलाई निर्देशक जीवन रसाइलीले नै छायांकन तथा सम्पादन गरेका छन्  राम गौतम को शब्द ,संगीत अनि स्वरमा रहेको यो गीत निकै नै मार्मिक , हृदय स्पर्शी बनेको छ ।  अस्ट्रेलिया को विभिन्न रमणीय ठाउँ हरुमा छायांकन गरिएको यस म्युजिक भिडियो मा निलम बरालले यस गीतको भिडियो बाट डेब्यु गरेकी  छन् भने ,  अष्ट्रेलियाको मेल्बोर्न मा बसोबास गर्दै  आएका मोडेल तथा  संचार कर्मी  राज के . सी भने करिब एक वर्ष  देखि बिज्ञापनहरु, सर्ट मुभी, कार्यक्रम प्रस्तोता  रुपमा काम गरिरहेका छन् , साथै हेलो अस्ट्रेलिया टि. भी उनि कन्टेन राईटर हुन्  । यो उनको दोस्रो म्युजिक भिडियो हो ।



							
							
							
							
							
							