सउल ओलम्पिक हलमा नेपथ्यको बृहत कन्सर्ट सम्पन्न



लोक–रक ब्याण्ड नेपथ्यले सउल ओलम्पिक पार्कस्थित ओलम्पिक हलमा बुधबार बृहत कन्सर्ट सम्पन्न गरेको छ ।‘ओलपार्क’का रुपमा बहुचर्चित यस ओलम्पिक हल सन् १९८८ मा दक्षिण कोरियाले ओलम्पिक आयोजना गर्दा तयार पारेको ओलम्पिक पार्कभित्रै समेटिएको छ। सन् २०११ मा त्यसै हललाई कोरियाली सरकारले कन्सर्ट आयोजना गर्ने थलोका रुपमा विकास गर्दै पुनःनिर्माण गरेको थियो। त्यसयता अन्तर्राष्ट्रिय स्तरमै बहुचर्चित सांगीतिक नामहरु ‘डिप पर्पल’, ‘जुडास प्रिस्ट’, ‘मारिया क्यारे’ र ‘एयर सप्लाइ’ले समेत आफूलाई यसै हलमा प्रस्तुत गरिसकेका छन्।

कोरियाको राष्ट्रिय पर्व ‘चुसोक फेस्टिभल’को अवसर पारेर कास्की परिवारले नेपथ्य कन्सर्टको आयोजना गरेको थियो। चुसोक कृषिमा आधारित परम्परागत पर्व हो। खेती-किसानीको मौसमलाई ध्यानमा राखेर मनाइने यो पर्वका बेला कोरियाली समाजका मानिस अघिल्ला पुस्ता र मान्यजनहरुसँग भेटघाट गर्छन्। धेरैजसो कोरियाली यसै समय पारेर आफ्नो पुर्ख्यौली थातथलो पनि पुगिरहेका हुन्छन्। यो समेत गरेर दक्षिण कोरियाली राजधानी सउलमा नेपथ्यको यो पाँचौ प्रस्तुती थियो । कन्सर्टमा नेपथ्यको चर्चित गीत हरु प्रस्तुत गरेका थिए कन्सर्टमा सधैंझैँ अमृतलाई स्टेजमा ध्रुव लामाले ड्रम सेटमा, सुरज थापाले किबोर्डमा, सुविन शाक्यले बेस गितारमा, निरज गुरुङले गितारमा र शान्ति रायमाझीले मादलमा सघाएका थिए।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.