नेपाल आइडलका टप थ्री बिजेताले अस्ट्रेलिया थर्काउने


सेलिब्रेटी नेपाल काठमाडौँ

नेपाल आईडलका टप थ्री को प्रस्तुतीले सीडनी संगै अस्ट्रेलियाका केही शहर संगीतमय हुने भएको छ । यस कार्यक्रममा नेपाल आइडल बिजेता बुद्ध लामा फर्स्ट रनर अप निशान भट्टराइ र सेकेन्ड रनरअप प्रताप दाश अस्ट्रेलिया जादैछन् । नेपाली टच अस्ट्रेलियाले नेपाल आईडलका टप ३ लाई लिएर अस्ट्रेलीया कन्सर्ट गर्न लागेको हो ।

सिडनीमा हुने कार्यक्रम ओलम्पीकपार्क स्पोर्ट्स सेन्टरमा हुदैछ । जहाँ नेपाली कलाकारले अझसम्म कुनै कार्यक्रम गरेका छैनन्। संभवत यो नै ओलम्पीक पार्कमा पहीलो नेपाली कार्यक्रम हो। एभरेष्टकम्युनिकेशन मुख्य प्रस्तुती रहने सिडनीको मुख्य कार्यक्रम डीसेम्बर १ मा हुने छ।

नेपाल आइडलको अस्ट्रेलियाब्यापी भ्रमण आउदो नोभेम्बर २० देखि डिसेम्बर २५ सम्म रहनेछ। जुन कार्यक्रम सिडनी संगै ब्रिसबेन ,मेलवर्न, एडिलेड, तास्मानिया, पर्थ, डार्बिन र क्यानबेरामा समेत हुनेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.