आइतबार देखि चलचित्र कर्मिको आन्दोलन रत्नपार्कमा


सेली ब्रेटी नेपाल माघ ११ गते-आन्दोलन रत चलचित्र कर्मी हरुले आफ्नो आन्दोलन लाई अझ कडा र सशक्त बनाउदै लाने भयका छन् बुधबार राजधानीमा आयोजित पत्रकार भेटघाटका क्रममा आन्दोलनरत चलचित्रकर्मीले चलचित्र संम्बन्धी सम्पूर्ण काम रोक्ने निणय गरेको जानकारी गराएका छन् ।
आगामी आईतबार सम्म सरकारले चलचित्रकर्मीको माग पुरा नगरे सुटिङ, पोष्ट प्रोडक्सन, रेकडिर्ङ लगायतका सम्पूर्ण चलचित्र सम्बन्धी कार्यहरु ठप्प पार्ने निणय समेत सार्बजनिक गरे । कार्यक्रममा अहिले बिकास बोर्ड परिसरमा चलेको रिले अनसन आईतबार बाट रत्नपार्कमा ल्याउने भयका छन् भने यसै साता रिलिज हुनलागेको हिन्दि फिल्म रेश २ रिलीज हुन नदिने योजना समेत बनायका छन् ।
मंलबारबाट आन्दोलनबाट आफ्नो हात झिकेको चलचित्र संघले आईतबारसम्म पनि आन्दोलन सर्मथन नजनाए चलचित्र भवन बन्द गर्ने चेतावनी समेत कार्यक्रममा आन्दोलनरत चलचित्रकर्मीले दिए । त्यस्तै बुधबार बाट नै ४ अन्य संघसंस्थाले आन्दोलनमा समर्थन जनाएका छन् ।समर्थन जनाउनेमा नेपाली संगीत निर्देशक संघ, गीतकार संघ नेपाल, प्रस्तोता तथा गायन समाज नेपाल र अखिल नेपाल क्रान्तीकारी चलचित्रकर्मी संघ रहेका छन् ।