भाईब्स कृयसनले गर्यो एक साथ दुई एल्बमको बिमोचन​


सेलिब्रेटी नेपाल काठमाडौँ

सङ्गीतकार सुनिल मास्केद्वारा सङ्गीतबद्ध गीतकार सरोज शाहको ‘शब्द सलोनी’ तथा नूतन प्रधानको ‘नूतन कृति’ को चर्चित गीतकार तथा चलचित्रकर्मी यादव खरेल​, गीतकार दिनेश अधिकारी,गायक दिपक जंगम,दीप श्रेष्ठ​, गीतकार एस पी कोईराला लगायतले राजधानीमा बिमोचन गरेका छन् ।

भाईब्स कृयसनद्वारा बजारमा ल्याईएका दुबै एल्बममा शब्द दुई जना गीतकारको रहेको भ​एपनि दुबै एल्बमको सङ्गीत भने सङ्गीतकार सुनिल मास्केको रहेको छ​। निर्देशक युवराज वाईवा निर्देशित दुई म्युजिक भिडियोको पनि समारोहमा प्रदर्शन गरिएको थियो। गीति एल्बम धेरै नै आउने गरेको तर सृजनाको ब्यावसायिक सफलता भने सोचेजस्तो नभ​एका कारण स्रष्टा कलाकारहरु मारमा परेको समारोहमा बोल्ने बक्ताहरुको एकै भनाई रहेको थियो। गीतकार सरोज शाह बैदेशिक रोजगार ब्यावसायमा सकृय छन भने नूतन प्रधान ईजरायलमा बसोबास गर्छिन​।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.