सुरुची पाण्डेले जितिन् मिसेस नेपाल इन्टरनेशनलको उपाधि


सेलिब्रेटी नेपाल काठमाडौँ

यस वर्षको मिसेस नेपाल इन्टरनेशनलको उपाधि सुरुची पाण्डेले जितेकी छिन्। गैर सरकारी संस्थामा कार्यरत सुरुचीले ३८ प्रतिसप्रधिलाई पछाडि पार्दै ‘मिसेस नेपाल इन्टरनेशनल २०१७’को उपाधि चुमेकी हुन्। मोस्ट ट्यालेन्ट र वेष्ट क्याटवकको उपाधिमसमेत जितेकी सुरुचीले मुख्य उपाधि विजेता भएवापत अमेरिकामा हुने मिसेस इन्टरनेशनल २०१७ मा पहिलोपटक नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछिन्। उनले काइट प्लस स्कुटरका साथै अन्य गिफ्ट ह्याम्पर पनि प्राप्त गरेकी छिन्।

आयोजक संस्थाका अध्यक्ष निशु झाका अनुसार यसै वर्षबाट मिसेस नेपाल इन्टरनेशनल उपाधि विजेतालाई अन्तराष्ट्रिय स्पर्धामा नेपालको प्रतिनिधित्व हुने ब्यबस्था मिलाइएको हो।

बिबाहित महिलाहरु बिचको यो प्रतियोगितामा यसोदा पोखरेल फस्ट रनर -अप साथै वेष्ट स्पिच, प्रतिज्ञा राई सेकेण्ड रनर-अप साथै वेस्ट फिजिक र सम्झना त्रिपाठी थर्ड रनर-अप साथै सोसल वेलफेर एम्वेस्डर भए। ज्योति दाहाल पनेरु फोर्थ रानर-अप र सीता ओली मोस्ट पपुलर विजेता भइन्।

नायकद्धय रमेश उप्रेती र आर्यन सिग्देल, साहित्यकार तथा सत्यनिरुपण तथा मेलमिलाप आयोगकी मञ्चला झा, प्रोफेसर डा.जितेन्द्रप्रसाद उपाध्याय, बैंकर्स अनिता प्रधान र मिसेस नेपाल इन्टरनेशनल २०१५ सविता लामिछाने निर्णायक रहेको प्रतियोगितामा गुञ्जना ढुङ्गागाना वेष्ट पर्सनालिटी, सुमित्रा कट्टेल वेस्ट स्कीन, जलता खनाल आचार्य वेस्ट हेयर, इशा भट्टराई व्यूटी विथ पर्पस, रिता सिंह रिमाल फेसबुक च्वाईस, अन्विसा शेर्पा मिसेस बब्ली फेस, रेनु श्रेष्ठ मर्हजन भिवर्स च्वाईस, लक्ष्मी तिमल्सीना मोस्ट फोटोजेनिक, दिलमाया गुरुङ मिसेस कन्जिनियालिटी, सस्मिना राउत वेस्ट स्माइल, पुजा लामा कुँवर फेशन आईकन, सर्मिला श्रेष्ठ र उर्मिला श्रेष्ठ म्यानेजमेन्ट च्वाईस तथा सोभा शाक्य वेस्ट डिसिप्लीन भए।

कार्यक्रममा गायक रमेशराज भट्टराई र ध्रुर्ब विस्कोले गीत संगीत तथा प्रिति कार्कीले नृत्य प्रस्तुत गरेर मनोरञ्जन प्रदान गरेका थिए। यसअघि प्रतियोगिताको दोश्रो सँस्करणमा अनुपमा राई विजेता भएकी थिइन्। रिवन इन्टरनेटमेन्ट प्रालिले आयोजना गरेको यो प्रतियोगिताको कोरियोग्राफी अश्विनी झाले गरेका हुन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.