इश्वरको एकल रचना दिपकको एकल संगीतमा उकाली ओराली


सेलिब्रेटी नेपाल काठमाडौँ

चम्मा श्रेष्ठको प्रस्तुतिमा गीतकार इस्वर श्रेष्ठको एकल गीति संग्रह उकाली ओराली बिमोचन गरिएको छ । राजधानीमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै उक्त गीति संग्रह सार्बजनिक गरिएको हो ।
कार्यक्रममा गीतकार संघ नेपालका अध्यक्ष चुडामणि देबकोटाको सभापतित्वमा प्रमुख अतिथि संगीतकार लक्ष्मण शेष, रचनाकार राजेन्द्र थापा लगायतका अन्य संगीतकर्मी हरुको उपस्थिति रहेको थियो ।

सार्बजनिक गीति संग्रह उकाली ओरालीमा अहिलेका ब्यस्त संगीतकार दिपक शर्माको संगीतमा
गायकहरु रामकृष्ण ढकाल, स्वरुपराज आचार्य, बिन्दु परियार, सुरेश लामा, राजेश पायल राई,प्रताप लामा, मेनुका पौडेल, विक्रम राई र ध्रुवको स्वर समाबेश गरिएको छ । कार्यक्रममा रामकृष्ण ढकालको आवाजमा सजिएको ओराली झरे जस्तो बोलको गितको भिडियो पनि सार्बजनिक गरियो।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.