प्रियंका कार्की लोक दोहोरीमा कम्मर मर्काउदै


सेलिब्रिटी नेपाल काठमाडौँ

नेपाली चलचित्रकी सफल नायिका प्रियंका कार्कीले पहिलोपटक लोकदोहोरी गीतमा अभिनय गरेकी छन् । नबिन भट्टराई र प्रिया भण्डारीको आवाजमा रहेको ‘नसोध कसैले’ बोलको गीतमा नायक तथा मोडल जिबन भट्टराईसँगै प्रियंका कार्कीले कम्मर मर्काएकी छन् । एक दशक भन्दा लामो समयदेखि लोकदोहोरीमा सक्रिय गीतकार तथा संगीतकार शिब सुबेदीको शब्द-संगीत रहेको उक्त गीतको भिडियो निर्देशन निकेश खड्काले गरेका छन् । राजिब समीरको कोरियोग्राफीमा अर्जुन तिवारीले क्यामरा चलाएका छन् ।

फिनल्याण्डमा बस्दै आएका गायक नबिन भट्टराईको यो दोश्रो गीत हो भने प्रिया भण्डारीले गएको स्थानीय चुनावमा एमालेको गीत गाएर धेरैको मन जितेकी थिइन् । पढाइको सिलसिलामा युरोपमा बस्दै आएका शिब सुबेदीका घामजस्तो चम्किलो जुन हुदैन, आमा तिम्रो दुधको भारा, कल्पनामै भएनी, खै हाम्रो दिलमा त, तिम्रै झल्को दियो लगायतका दर्जनौ लोकप्रिय गीतहरु बजारमा छन् ।

सार्वजनिक नसोध कसैले’ बोलको गीतले बाबु-बाजेको पुस्तालाई याद दिलाउँछ । आफ्ना बाबु-बाजेले नुन लिन बटौली (अहिलेको बुटवल) जाने गरेको तर आफु भने मायालाई लिन जाने सोच बनाएको भाव गीतले बोकेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.