स्टुडियोमा आगलागी ! सुपर डान्स सिजन टू को सेट जलेर नष्ट


सेलिब्रेटी नेपाल काठमाडौँ

भारत मुम्बईको आरके स्टुडियोमा आगलागी भएको छ । राज कपुरले सन् १९४८ मा मुम्बईको चेन्बुरमा यो स्टुडियो बनाएका थिए । शनिबार भएको आगलागीका कारण टेलिभिजन रियालिटी शो सुपर डान्स सिजन टू को सेट जलेर नष्ट भएको छ । ६ वटा दमकल तथा पाँचवटा ट्यांकरको सहयोगमा स्थानीयबासिन्दाले आगो निभाएका थिए । यो स्टुडियोमा राज कपुर, उनका भाइ तथा छोराछोरीले लामो समयसम्म धेरै चलचित्रको सुटिङ गरेका छन् ।

आरके ब्यानरमा बनेका आग, बरसात, आवारा, श्री ४२०, जिस देश में गंगा बहती है, मेरा नाम जोकर, बबी, सत्यम शिवम् सुन्दरम्, राम तेरी गंगा मैली जस्ता उत्कृष्ट चलचित्रको छायाँकन भएको थियो । सन् १९८८ मा राज कपुरको निधन भएपछि उनका जेठा छोरा रणधीर कपुरले यो स्टुडियोको जिम्मेवारी सम्हालेका थिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.