निर्मलको साथमा अनु शाह (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

सानै देखि नाच्ने गाउने कबिता गजल लेख्न विशेष रुचि राख्ने चितवन भरतपुर निवासी हाल अस्ट्रेलियामा रहेका निर्मल न्यौपाने लगातार १०,१२ बर्ष नृत्य बिधामा खर्चे पछि पछिल्लो समय केहि एता गायन र गित लेखनमा पनि विशेष रुचिका साथ अगाडि लागिरहेका छन । नृत्य क्षेत्रमा विभिन्न गुरुहरु संग नृत्य शिक्षा लिने अबसर मिले पनि गायन र गित लेखनमा समय दिन नसकेका न्यौपानेले अहिले साथ बोलको गित लिएर आएका छन।

सार्बजनिक गीतम स्वर सांगेत तथा शब्द अभिनय स्वयं निर्मल न्यौपानेको रहेको छ फिमेल स्वरमा निर्मल लाई माण्डवी त्रिपाठीले साथ दिएकी छन् भने उनलाई अभिनयमा नायिका अनु शाहले साथ दिएकी छिन। सृजन बरालको निर्देशनमा बनेको भिडियो लाइ उत्सब दाहालले छायांकन गरेका छन् भने अमृत चापागाईंको सम्पादन रहेको छ ।

Copyright © 2012 - 2026 | All Right Reserved.