चुडामणी देवकोटाको स्वदेश र सपना सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

गीतकार चुडामणी देवकोटाको एकल रचना, शक्ति बल्लभको एकल संगीत र गायक सुमित खड्काको एकल स्वर रहेको राष्ट्रिय भावनाका गीतहरु समेटिएको एल्बम ‘स्वदेश र सपना’ सार्वजनिक भएको छ । एक समयको चर्चित नेपाली चलचित्र माइतीघरका नायक सिपी लोहनी, नायिका माला सिन्हा, वरिष्ठ गायक प्रेमध्वज प्रधान, गीतकार किरण खरेल, रत्नशमसेर थापा, कवि डा.विमल कोइराला, एसपी कोइराला लगायतले शुक्रबार एल्बम सार्वजनिक गरेका हुन् ।

सार्बजनिक एल्बम स्वदेश र सपनामा मेरो देश सुन्दर छ,फुल बुट्टा जस्तो रंगी र चंगी,गर्ब गरौँ नेपाली हौँ,धेरै तन्त्र आए खुसि आएन,गाउँ घर छिमेकीमा नाता हरायो बोलका ५ वटा गीत समाबेश गरिएको छ । गीतकार संघ नेपालका अध्यक्ष समेत रहेका देवकोटाको यो पाँचौं र गायक खड्काको राष्ट्रिय गीतको एकल एल्बम हो । कार्यक्रममा गायक खड्काले तीन गीत सुनाए । सुष्मारानी देबकोटा प्रस्तुतकर्ता रहेको एल्बममा रहेका ४ वटा गीतमा निरज श्रेष्ठको संगीत संयोजन रहेको छ भने १ वटामा बिपिन आचार्यको रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.