नेपाल आइडल टप थ्रीमा बुद्ध,प्रताप,निशान सागर आउट


सेलिब्रेटी नेपाल काठमाडौँ

पछिल्लो समय नेपाली टेलिभिजन र आम दर्शक श्रोताको एकदमै रोजाइमा रहेको र चासोको बिषय नेपाल आईडलको टप थ्री घोसणा भएको छ । गत हप्ता प्राप्त भोटको आधारमा ‘नेपाल आइडल’बाट चितवनका सागर आलेमगर बाहिरिएका छन् । गत हप्ताको बिहिबार प्राप्त भएको भोटका आधारमा उनी आउट भएका हुन् । सागरले सबैभन्दा कम भोट प्राप्त गरेका थिए ।

गायन सम्बन्धी एपी वान टेलिभिजनबाट प्रसारण हुँदै गरेको रियालिटी टिभी शो नेपाल आइडलमा बाँकी रहेका चार प्रतिस्पर्धीहरुमध्ये एक जना बाहिरिएपछि ग्रान्ड फिनालेका लागि तीन जना छानिएका छन्। टप थ्रीमा बुद्ध लामा,प्रतापदास,निशान भट्टराई परेका छन् । ग्रान्ड फिनाले असोज ६ गते कतारको दोहामा हुँदैछ। त्यसका लागि दुई हप्ता बाँकी छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.